सेञ्चुरी बैंकले सेयर निष्काशन गर्ने


 काठमाडौं,पुस १७ । सेञ्चुरी कमर्शियल बैंकले आगामी पुस २५ गते दखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता सय रुपैया अंकित दरका ९२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले आज एक सूचना प्रकाशित गरी पुस २५ गवतेदेखि सेयर निष्काशन गर्ने जानकारी गराएको हो । बैंकले छिटोमा पुस २९ गते र ढिलोमा माघ १० गते बिक्री बन्द गर्ने जनाएको छ । न्यूनतम् ५० कित्ता र अधिकतम् १० लाख कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । ५० हजार रुपैयाभन्दा बढीको आवेदन दिदा एकाउन्ट पे चेक दिनुपर्ने छ । सेयर निष्काशनपछि बैंकको चुक्ता पुजी २ अर्ब रुपैया हुनेछ । सेयर निष्काशन सेञ्चुरी कमशर्र्यि बैंक सर्वसाधारणको बढी लगानी भएको दोस्रो बैंक हुनेछ । सेञ्चुरी बैंकमा सर्वसाधारणको ४८ प्रतिशत र संस्थापकको ५२ प्रतिशत लगानी हुनेछ । सर्बसाधारणको बढी लगानी भएको बैंक बैंक अफ काठमाण्डू हो । सेञ्चुरी बैंकको साधारण सेयर हालसम्म रहेका वाणिज्य बैंहरुको अन्तीम सेयर हो । हाल सञ्चालनमा रहका बैंकहरुमा सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु सबैले साधारण सेयर जारी गरेका हुनेछन् । वाणिज्य बैंकहरुमध्ये कमजोर बैंकमा परे पनि सेञ्चुरीको आइपीओमा सर्वसाधारणको उल्लेख्य आकर्षण हुने अनुमान गरिएको छ । बैंक सञ्चालनका पहिलो वर्ष ८२ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंले दोस्रो बर्ष ९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंक सञ्चालनको तेस्रो वर्ष अर्थात् गत आर्थिक वर्षमा बैंकले ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले जारी गर्न लागेको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ भने सह-निष्काशनमा नविल इन्भेष्टथमेन्ट बैंकिङ, सिभिल क्यापिटल, ग्रोमर मर्चेन्ट र एनसीसी मर्चेन्ट बैंकिङ रहेका छन् । बैंकले विभिन्न जिल्लामा रहेका आपफ्ना ३१ शाखा र बिक्री प्रबन्धक लगायत १३ कम्पनीहरुबाट सेयर बिक्रीको प्रबन्ध मिलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया