७ बैंकको नाफा लक्ष्य २ अर्ब माथी, नबिल र नेपाल इन्भेष्टमेण्टको कट्ला ३ अर्ब ?


मेरो-माइक्रोफाइनान्स-वित्तीय-संस्था-लिमिटेड

काठमाडौं, ६ साउन । आव २०७२/७३ मा वाणिज्य बैंकहरुमा कसले बाजी मार्ला भन्नेमा धेरै लगानीकर्ताको ध्यान यस बेला खिचिएको छ । अहिले अर्बको क्लबमा बैंकहरुको संख्या थपिदै गर्दा यसपाली पनि आश्चर्य पार्दै कम्पनीहरुको चौथो त्रैमाशको वित्तीय विवरण आउँने सम्भावना छ ।

११ महीनाको अवधिमा नै अर्बको क्लबमा ७ वाणिज्य बैंकको प्रवेश भइसकेको देखिन्छ । बाँकी १ महिनामा निश्चय नै यीनले २ अर्ब कटाउँने आँकलन गरिएको छ । यस्तो सम्भावना चौथो त्रैमाशको वित्तीय विवरण प्रकाशित गरिसकेको एनआइसी एशियाले नै देखाएको छ । ११ महिनामा ७२ करोड नाफा देखाएको एनआइसी एशियाको अन्त्यमा नाफा बढेर १ अर्ब ७ करोड पुगेको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । १ महिना (चैतमा)मै बैंकको नाफा ४७ प्रतिशतले बढेको हो ।

१ महीनामा औसतमा ३० प्रतिशतले मात्र नाफा बढ्यो भने पनि नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब माथी पुग्ने देखिएको छ ।

Companies Profit
Nabil Bank Ltd 2696
Nepal Investment Bank Ltd 2419
RBB 2184
Nepal Bank Ltd 1922
Agriculture Development Bank Ltd 1859
Everest Bank Ltd 1688
Himalayna Bank Ltd 1677
Global IME Bank Ltd 1353
NMB Bank Ltd 1194
Nepal Bangladesh Bank Ltd 1118
Standard Chartered Bank Ltd 1037
Nepal SBI Bank Ltd 903
Siddhartha Bank Ltd 1024
NIC Asia Bank Ltd 725
Sanima Bank Ltd 684
Prime Bank Ltd 648
Bank Of Kathmandu Ltd 637
Sunrise Bank Ltd 628
Citizens Bank International Ltd 617
Machhapuchhre Bank Ltd 570
Prabhu Bank Ltd 554
Mega Bank Ltd 505
Laxmi Bank Ltd 391
Nepal Credit & Commerce Bank Ltd 319
Kumari Bank Ltd 276
Lumbini Bank Ltd 210
Janata Bank Ltd 178
Civil Bank Ltd 173
CenturyCommerical Bank Ltd 153

हेरौं बैंकहरुको ११ महीनासम्मको नाफा (रु.१० लाखमा)

profit

नाफाको आधारमा बैंकहरुको बजार हिस्सा (प्रतिशतमा)

profit banks

फेसबुकबाट तपाईको प्रतिक्रिया