१७० प्रतिशत लाभांश आश देखाउने नेशनल माइक्रोफाइनान्स कस्तो कम्पनी हो ?


नेसनल माइक्रोफाइनान्स

सन् २०१४ बाट सञ्चालनमा आएको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्सले साउन १६ गतेबाट सर्वसाधारणको लागी ३ लाख कित्ता शेयर जारी गर्ने भएको छ । छिटोमा साउँन १९ र ढिलोमा साउन ३० गते बन्द हुने यस कम्पनीको न्युनत्तम ५० कित्ता र अधिकत्तम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । कम्पनीले जारी गर्नेमध्ये २७ हजार कित्ता शेयर कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । कम्पनीको शेयरमा कम्पनीको आफ्नै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, सिनर्जी फाइनान्स, गोर्खाज फाइनान्स, साझा बिकास बैंक र बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलबाट आवेदन दिन सकिने व्यवस्था छ ।

सर्वसाधारणको लागि २ लाख ७३ हजार कित्तामा मात्र बाँकी रहेको छ । यसले कम्पनीको शेयरमा ठुलो पूँजी फसाउँन नहुने देखिन्छ । आइपीओमा पछिल्ला दिनमा रहेको चाप र सानो परिमाणमा कम्पनीको शेयर आउँन लागेकोले शेयर बाँडफाँटको क्रममा गोला प्रथाको सम्भावना उच्च रहने देखिन्छ । तर, जसले शेयर पाउँछ उसले कम्पनीबाट आउँने उच्च प्रतिफल गुमाउँन नपर्ने हुनसक्छ ।

यो शेयर जारी गरेपछि चुक्ता पूँजी १० करोड पुग्ने कम्पनीमा ३० प्रतिशत लगानी सर्वसाधारणको हुने व्यवस्था गर्न आइपीओ निष्कासन गरिएको हो । कम्पनीले त्यसपछिको वर्ष चुक्ता पूँजी १ सय प्रतिशत र अर्काे वर्ष ७० प्रतिशतले वृद्धि गर्ने लक्ष्य सहितको प्रक्षेपित विवरण आवहान पत्रमा प्रस्तुत गरेको छ । यसले लगानीकर्ताले लगालग दुई वर्षमा १ सय ७० प्रतिशत लाभांश पाउँने सम्भावना देखाउँछ ।

चुक्ता पूँजी चार्ट

Untitled
हाल बजारमा लघुवित्तहरुको शेयर मूल्य ३ हजार रुपैयाँसम्ममा पनि कारोबार भइरहेकोले यसको मूल्यमा पनि राम्रै वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । तर बेला बेला आउँने नीतिगत व्यवस्थाको प्रभाव कम्पनीको मूल्यमा पनि पर्न सक्नेमा भने लगानीकर्ताहरुको ध्यान जान जरुरी हुन्छ ।

पूँजी अभाव नहुने

कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंकदेखि सिनर्जी फाइनान्ससम्मले लगानी गरेका छन् । ७ वटा वित्तीय संस्थाको लगानी रहेको यस बैंकलाई पूँजी अभाव नहुने देखिन्छ । हालै राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आफैले न्युनत्तम २ प्रतिशत विपन्न कर्जा प्रत्यक्ष लगानी गर्न निर्देशन दिएको छ । तर यस लघुवित्तलाई त्यस्तो निर्देशनको खासै प्रभाव नदेखिने भएको छ । अनिवार्य ५ प्रतिशत विपन्न वर्ग कर्जा प्रवाह गनु पर्ने मध्ये २ प्रतिशतका दरले नेपाल इन्भेष्टमेन्ट र कुमारी बैंकले प्रत्यक्ष लगानी गरेमा पनि बाँकी ६ प्रतिशत (दुवैको) कर्जा यस लघुवित्त मार्फत् लगानी गर्न सक्ने अवस्था छ । यसबाहेक कम्पनीले निक्षेपको आधार पनि संगसंगै बढाउँदै लैजाने योजना बनाएको छ ।

abc

प्रतिस्पर्धी वित्तीय वजारमा ‘स्ट्रङ’ खेलाडीको रुपमा रहेका वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाको संस्था सञ्चालनको अनुभवले पनि यस कम्पनी सञ्चालन गर्न फाइदा पुग्ने देखिन्छ । रेमिट्यान्स कारोबार समेत गर्ने यस संस्थाले प्रवद्धित बैंकहरुको रेमिट योजनासहित प्रभु र हिमा

लयन बैंकको पनि यही योजना सञ्चालन समेत गरिरहेको छ । बैंकले व्यापक शाखा विस्तारमा पनि जोड दिएको देखिन्छ । ५ बिकास क्षेत्रमा उपस्थिती रहेको बैंकको कुल २४ शाखा सञ्चालनमा रहेका छन् ।

5 year data

बैंकमा अनुभवी व्यक्तित्वहरुको संलग्नताले पनि फाइदा पुग्ने देखिन्छ । बैंकको अध्यक्षमा राष्ट्र बैंकका पुर्व प्रमुख कार्यकारी निर्देशक केशव प्रसाद आचार्य रहेका छन् । उनी अर्थमन्त्रालयका पुर्व सल्लाहकार पनि रहि सकेका छन् । सञ्चालकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकका प्रतिनिधिहरु पनि रहेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहेका छन् ।

बैंकको सामाजिक कार्यक्रम
कम्पनीले सामाजिक सुरक्षा कोषमा प्राथमिक कर्जाको ०.६ प्रतिशत रकम छुट्याएको वेवसाइटमा उल्लेख छ । त्यस्तै, प्राथमिक कर्जा भुक्तान गरेका ग्राहकको मूत्युमा वा ग्राहकको श्रीमान्को मृत्युमा पनि ५ हजारको दरले दिने चलन कम्पनीले गरिरहेको छ । त्यस्तै, प्राकृतिक विपत्तीले भएको क्षतीमा तत्कालिक राहतको रुपमा २ हजार दिने गरेको छ ।

नेशनल माईक्रोफाइनान्सको ३ लाख कित्ता आईपिओ निष्काशन, कहाँबाट दिने आवेदन ?

फेसबुकबाट तपाईको प्रतिक्रिया