फाइनान्सहरुमा कर्जाको ब्याज घट्दै


राष्ट्र बैंक

काठमाडौं, साउन १२ । फाइनान्स कम्पनीहरुमा कर्जाको ब्याजदर क्रमिक रुपमा घट्दै गएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्स कम्पनीहरुले निक्षेप तथा कर्जाको ब्याजदरबीचको अन्तरलाई ५ प्रतिशतको सीमाभित्र राख्न थालेपश्चात कर्जाको ब्याजदर घट्न गएको हो ।

विगतमा निक्षेप र कर्जाको बीचमा विद्यमान उच्च व्याजदरलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेडदरको व्यवस्थालाई कार्यन्वयनमा ल्याएको हो । सुरुमा बाणिज्य बैंकहरुमा मात्र लागू गरिएको स्प्रेडदर, ब्याजदर नियन्त्रणमा प्रभावकारी सावित भएपश्चात विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि ५ प्रतिशतको स्प्रेडदर लागु गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । सोहि निर्देशन पश्चात धेरैजसो फाइनान्स कम्पनीहरुले स्प्रेडदरलाई ५ प्रतिशतभन्दा कमको दायरामा ल्याइसकेका छन् । स्प्रेडदर कम हुने फाइनान्समा कर्जाको ब्याज कम हुन्छ । यसलाई आधार मान्ने हो भने युनिक फाइनान्समा कर्जाको ब्याज सबैभन्दा कम देखिएको छ ।

आर्थिक वर्ष २०७२/७३ अपरिस्कृत वित्तिय विवरण अनुसार युनिकमा ४ दशमलव ५१ प्रतिशत स्प्रेडदर रहेको छ । अघिल्लो आसर्थक वर्षमा यस्तो दर ४ दशमलव ९५ प्रतिशत रहेको थियो । आजको आर्थिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया