मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा ८२ प्रतिशतले बढ्यो, निष्कृय कर्जा शून्य दशमलव ०७ प्रतिशत


काठमाडौं, साउन १३ । मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले चौथोे त्रैमासमा खुद मुनाफामा ८२ दशमलव १४ प्रतिशतले वृद्धि गरी ५ करोड १३ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो वर्ष बैंकले खुद मुनाफा २ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले चुक्ता पुँजी १९ करोड ४९ लाख रुपैयाँबाट जगेडाकोषमा ६ करोड ८६ लाख रुपैयाँ राखिएको । यस त्रैमासमा  निक्षेपमा ५० दशमलव ४० प्रतिशतले वृद्धि गरी २ अर्ब ५ करोड ९ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ लगानी गरिएको छ । जुन अघिल्ले वर्षको तुलनमा ५९ दशमलव ९६ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा ६४ दशमलव २८ प्रतिशतले वृद्धि गरी ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ८६ दशमलव ४ अंकले वृद्धि गरी ८ करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ७१ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ६० प्रतिशत रहेको छ । जोखिम युक्त सम्पत्ति १३ दशमलव २९ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ०७ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया