धादिङको सदाज्योति आयल स्टोरमा सिल


काठमाडौं, साउन २५ । धादिङको बेनिघाटमा रहेको सदाज्योति आयल स्टोरमा नेपाल गुणस्तर तथा नापतौल विभागले सिल गरेको छ । नापतौल विभागको संयोजकत्वमा जिल्ला प्रशासन कार्यलय धादिङ र प्रहरीको टोलीले सोमबार अनुगमनका क्रममा सिल गरेको हो ।

विभिन्न तरिकाबाट पेट्रोलियम पदार्थ ठगी गरेको गुनासो आउन थालेपछि विभागले धादिङबेसी र राजमार्गका ४ वटा पेट्रोल पम्पहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गर्ने गरेको भेटिएको छ ।

अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको ३ वटा मेसिन मध्ये दुईवटामा सिल गरेको छ । एउटामा हावा छिरेकोले अनुसन्धानका लागि र अर्को बिग्रिएका कारण सिल गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया