कालिञ्चोक डेभलपमेन्टले ९४ लाख मुनाफा कमायो


काठमाडौं, साउन २५ । कालिञ्चोक डेभलपमेन्ट बैंकले (Kalinchowk Development Bank Ltd. (KCDBL)) चौथो त्रैमासमा खुद मुनाफा ७८ दशमलव ८८ प्रतिशतले वृद्धि गरी ९४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ५२ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा २८ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ३६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । जसबाट कर्जामा ३२ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४५ दशमलव १७ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा ४५ दशमलव ५१ प्रतिशतले बढेर २ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफामा ५२ दशमलव २२ प्रतिशतले बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४८ लाख रुपैयाँ राखेको छ भने २२ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ८७ प्रतिशत र जोखिम युत्त सम्पत्ति ३० दशमलव ७२ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २५ दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १३ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ४४ दशमलव ७१ प्रतिशत रहेको छ ।

kalinchowk development bank1

kalinchwok development bank2

फेसबुकबाट तपाईको प्रतिक्रिया