सिभिल बैंक र आईएलएफसीलाई मर्जको अन्तिम स्वीकृति, होला कात्तिकमा शेयर किनबेच ?



सिभिल बैंक

काठमाडौं, असोज ८ ।  शुक्रवार सिभिल बैंक लिमिटेड र इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका छन् ।

सिभिल बैंकको १०० कित्ता शेयर बराबर इन्टरनेशनल लिजिङ एन्ड फाइनान्सको ८३ कित्ता शेयर हुने गरि स्वाप रेसियो तय भएको छ ।

मर्जबाट सिभिल बैंकमा ३४ करोड रुपैयाँ प्रिमियम प्राप्त हुने भएपनि राष्ट्र बैंकको नयाँ नियमको कारण वितरण गर्न नपाइने भएको छ ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ५ अर्व ९ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछी बैंकको शाखा संख्या ५३ हुने छ । असोज मसान्तसम्ममा एकिकृत कारोबार गर्ने तयारी भईरहेको छ । एकिकृत कारोबार शुरु भए लगत्तै वा बढिमा एक सातामा शेयर कारोबार खोल्न हालै सुचीकृत कम्पनीहरुलाई धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया