देवः विकास बैंकको खुद व्याज आम्दानी ६४ प्रतिशतले बढ्यो


काठमाडौं, कात्तिक २८ । देवः विकास बैंक लिमिटेड (Deva Bikas Bank Limited) ले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा बैंकको खुद व्याज आम्दानी ६४ दशमलव १४ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद मुनाफा ५ करोड ६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा २९ दशमलव ४७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड ९१ लाख रुपैयाँ कमाएको थियो ।

८८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको देवः विकास बैंक (DBBL) ले जगेडा कोषमा ३० करोड ८८ लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ ३० दशमलव ९० प्रतिशतले बढेर ६ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । संचालन मुनाफा २९ दशमलव ४४ प्रतिशतले वृद्धि गरी ७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४० लाख ७८ रुपैयाँ राखेको छ ।

बैंकको जोखिम युक्त सम्पति १६ दशमलव १७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३ दशमलव ४४ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ०१ रुपैयाँ (वार्षिकीकरण), मूल्य आम्दानीको अनुपात १६ दशलमव ४७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात ११ दशमल ०८ प्रतिशत रहेको छ ।

dev-bikash-bank

फेसबुकबाट तपाईको प्रतिक्रिया