घाँसले लियो ज्यान


झापा, मंसिर ९ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते हुनुभएका झापा कनकाई नगरपालिका–२ का ५० वर्षीय श्याम राईको आज मृत्यु भएको छ ।

स्थानीय सुकेडाँगी सामुदायिक वनमा घास काट्न गएका राई गत मङ्सिर ५ गते घाँस काट्ने क्रममा साजको रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते राईको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया