एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १६ दशमलव ८६ प्रति इकाई


एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१

काठमाडौं, मंसिर १२ । एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ (NMB Sulav Investment Fund-1)  को खुद सम्पतिको मुल्य कातिक महिनामा १६ दशमलव ८६ प्रति इकाई रहेको छ जबकी असोज महिनाको अवधि भन्दा शुन्य दशमलव ६५ प्रति इकाईले कमी हो । असोज महिनामा १७ दशमलव ५१ प्रति इकाई रहेको थियो ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ (NMBSF1)  ले ८२ करोड ६३ लाख रुपैयाँ शेयर लगानी गरेको छ, जुन गत महिनाको तुलनामा ९ दशमलव ४१ प्रतिशतले कमी हो । अघिल्लो महिनामा ९१ करोड ३८ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को आम्दानीमा २१ दशमलव ४२ प्रतिशतले बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ त्यस्तै खर्चमा ३७ दशमलव ५ प्रतिशतले बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सिटिजन्स बैंकको ३२ हजार ५ सय १ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी गरिमा विकास बैंकको २२ हजार ४ सय ८१ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको २० हजार ८ सय १० कित्ता, फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको ११ हजार ३ सय ७३ कित्ता र इन्स्योरेन्समा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ८ हजार ७ सय ८० कित्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया