जीवन बीमा कम्पनीको मात्रै करिब ६ अर्बको शेयर आउने


मोलतोलमा-बीमक-लाईसेन्स

काठमाडौं, वैशाख १० बीमाको पाँच अर्ब ८४ करोड ९७ लाख ७२ हजार भन्दा बढीको साधारण शेयर आउने भएको बीमा समितिले चैत १८ मा जीवन बीमा कम्पनीको दुई अर्ब नीर्जिवन बीमा कम्पनीको एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएपछी यो निश्चित भएको हो बीमा समितिले तोके बमोजिमको पूँजी पुर्याउन जीवन बीमा कम्पनीले मात्रै करिब अर्बको शेयर निष्काशन गर्नुपर्ने हुन्छ

बीमा कम्पनीको नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी चार गुणाले वृद्धि गरेको थियो जसअनुसार यसअघि ५० करोड चुक्ता पूँजी रहेका जीबन बीमा कम्पनीले अब दुई अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ भने यसअघि २५ करोड पूँजी रहेका नीर्जिवन बीमा कम्पनीले २०७५ को असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ यसका लागि बीमा कम्पनीहरुले हकप्रद, बोनस, एफपिओ वा मर्जर एक्विजिशनको विकल्पमा जान सक्ने देखिन्छ

मर्जर वा एक्विजिशनको विकल्प खुल्ला भएपनि बीमा कम्पनीको क्षेत्र विस्तार साथै थप बीमा कम्पनी अनुमतिको पर्खाइमा रहेकाले सायदै कुनै बीमा कम्पनी मर्ज वा एक्विजिशनमा जाने छन् यसरी हेर्दा बीमा कम्पनीका लागि पूँजी वृद्धिको लागि हकप्रद, बोनस तथा एफपिओको विकल्प रहनेछ

हेरौं बीमा कम्पनीको हालको पूँजी संरचना थप गर्नुपर्ने पूँजी

                 कम्पनी                 कम्पनी  हालको पूँजी       प्रस्तावित पूँजी थप           थप गर्नुपर्ने पूँजी

नेपाल लाईफ इन्स्योरेन्स           ,१६,७५,००,०००       ,०९,६४,२८,६६२               

नेशनल लाईफ इन्स्योरेन्स         ,३२,४८,६३,६७०       ,६४,९७,२७,३४०                

लाईफ इन्स्योरेन्स कर्पोरेशन      ,०६,९४,५३,१२५       ,३३,४६,७७,५००       ६६,५३,२२,५००

एसियन लाईफ इन्स्योरेन्स        ६७,१३,२७,७००           ,२०,८३,८९,८६०       ७९,१६,१०,१४०

गुराँस लाईफ इन्स्योरेन्स           ५५,००,००,०००           ५९,४०,००,०००           ,४०,६०,००,०००

सूर्या लाईफ इन्स्योरेन्स            ५०,००,००,०००           ५२,५०,००,०००           ,४७,५०,००,०००

प्राइम लाईफ इन्स्योरेन्स           ४८,८१,६०,०००           ४८,८१,६०,०००           ,५१,१८,४०,०००

 

चालू आर्थिक वर्षको पुस मसान्तमा दुई अर्ब १६ करोड ७५ लाख चुक्ता पूँजी रहेको नेपाल लाईफ इन्स्योरेन्सले यसै आर्थिक वर्षमा १४ सय २५ मा अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार सय २९ कित्ता एफपिओ जारी गरेको थियो जसमध्ये ३० करोड ९६ लाख ४२ हजार नौ सय रुपैयाँ कम्पनीको पूँजीमा थपिएको एफपिओ पछि कम्पनीको पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ भने त्यसपछि कायम पूँजीमा २६ दशमलव ३१ प्रतिशत बोनस जोड्दा पूँजी तीन अर्ब नौ करोड नाघ्नेछ

त्यस्तै चालू आर्थिक वर्षको दोश्रो त्रैमासमा एक अर्ब ३२ करोड भन्दा बढी पूँजी रहेको नेशनल लाईफ इन्स्योरेन्सले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सुचना यसअघि नै बाहिरिएको हकप्रद निष्काशन पश्चात कम्पनीको पूँजी दुई अर्ब ६४ करोडभन्दा माथि पुगेको यसरी हेर्दा बीमा समितिले तोकेको दुई अर्ब पूँजी यी दुई कम्पनीले पुर्याइसकेका छन्

लाईफ कर्पोरेशन नेपालको चालू आर्थिक वर्षको दोश्रो त्रैमासमा एक अर्ब करोड भन्दा बढी पूँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ दशमलव प्रतिशतका दरले बोनस दिने निर्णय गरेको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ३३ करोड नाघ्नेछ कम्पनीले बीमा समितिले तोके बमोजिमको पूँजी पुर्याउन साढे ६६ करोड पूँजी थप गर्नुपर्ने देखिन्छ

त्यस्तै, ६७ करोड १३ लाख भन्दा बढी चुक्ता पूँजी रहेको एसियन लाईफले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर दिएको त्यसपछि कायम पूँजीमा ५० प्रतिशत हकप्रद दिने घोषणा गरेको कम्पनीको बोनस तथा हकप्रदपछि चुक्तापूँजी एक अर्ब २० करोड नाघ्नेछ कम्पनीलाई बीमा समितिले तोकेको पूँजी पुर्याउन अझै ६९ करोड भन्दा बढी पूँजी थप गर्नुपर्ने देखिन्छ

५५ करोड पूँजी रहेको गुराँस लाईफले गत आर्थिक वर्षमा लगानीकर्तालाई प्रतिशत बोनस बाँडेको कम्पनीको बोनसपछिको पूँजी  ५९ करोड ४० लाख पुग्ने देखिन्छ कम्पनीले दुई अर्ब पूँजी पुर्याउन एक अर्ब ४० करोड भन्दा बढी पूँजी थप गर्नुपर्ने हुन्छ

त्यस्तै चालू आवको पुस मसान्तसम्मको तथ्यांकमा ५० करोड पूँजी रहेको सूर्या लाईफले प्रतिशत बोनसको घोषणा गरेको बोनसपछि कम्पनीको पूँजी ५२ करोड ५० लाख पुगेको कम्पनीले तोकेको पूँजी पुर्याउन एक अर्ब ४७ करोड थप्नुपर्दछ

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको पुस मसान्सम्मको पूँजी ४८ करोड ८१ लाख रहेको कम्पनीले बीमा समितिले तोके बमोजिमको पूँजी पुर्याउन एक अर्ब ५१ करोड भन्दा बढी पूँजी थप गर्नुपर्छ

त्यस्तै ९३ लाख चुक्ता पूँजी रहेको राष्ट्रिय बीमा संस्थान नेप्सेमा सूचीकृत नभएको मेट लाईफ कम्पनीले पनि बीमा समितिले तोके बमोजिमको पूँजी पुर्याउनु पर्ने पब्लिकमा पनि जानुपर्ने व्यवस्था गरिंदा बजारमा आउने शेयर थप बढ्ने देखिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया