अपराधिलाई पक्रन प्रहरीद्वारा १ सय १८ नोटिस जारी, कति जना पक्राउ परे ?


आर्थिकन्यूज

काठमाडौ, असार १३ । नेपाल प्रहरीले हालसम्म अपराधिलाई पक्राउ गर्न १ सय १८ वटा विभिन्न नोटिसहरु जारी गरेको छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बिहीबार पत्रकार सम्मेलन गरी हालसम्म १ सय १८ वटा नोटिस जारी गरिएको जानकारी दिएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले दिएको जानकारी अनुसार प्रहरीले विभिन्न मुद्धामा फरार व्यक्तिलाई पक्राउ गर्न २२ वटा डिफ्युजन नोटिस, ८५ वटा रेड नोटिस, १० वटा एल्लो नोटिस, ३ वटा ब्लू नोटिस र एउटा ग्रीन नोटिस जारी गरेको छ ।
हाल सम्म ८३ जना नेपाली र २ जना विदेशीलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको साथै २० नेपाली र २ विदेशीलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएको महानिरीक्षक खनालले जानकारी दिए ।

हालसम्मका उपलब्धि
विदेशबाट नोटिस जारी भएका मध्ये ६ जना विदेशी नागरिकलाई नेपालमा पक्राउ गरी विदेश पठाइएको महानिरक्षिक खनालले जानकारी दिए । ६ मध्ये भारतीय, अमेरिकी र कोरियन नागरिक १÷१ जना र चिनिया ३ जना रहेका छन् ।

यसैगरी नेपालबाट जारी भएका मध्ये १२ जना विदेशबाट र ११ जना नेपालबाट गरी जम्मा २१ जना पक्राउ गरिएको उनले जानकारी दिए । मानव बेचविखन मुद्दाका प्रतिवादी मिना लामालाई कुवेतबाट कुवेती प्रहरीको सहयोगमा पक्राउ गरी गत जेठ ६ गते नेपाल ल्याइएको समेत उनले जानकारी दिए ।

महानिरीक्षक खनालका अनुसार प्रहरीले मानब बेचविखनकै प्रतिवादी श्यामकुमार लामालाई कुवेती प्रहरीको सहयोगमा प्रक्राउ गरी गत जेठ १० गते नेपाल ल्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया