बैंकिङ कसुरमा अध्यक्षसहित एकै माइक्रोफाइन्साका ४ पक्राउ


आर्थिकन्यूज
प्रतिनिधिमुलक तस्विर

काठमाडौं, असार १५ । बैंककिङ कसुर अपराध मुद्धामा प्रहरीले सामुदायिक लघुवित्त वित्तिय संस्था सागाँ, काभ्रे को संचालक समितीका अध्यक्ष सहित ४ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संस्थाका संचालक समितीको अध्यक्ष हिरा बिश्वकर्मा, तत्काली सीईओ स्वयम्भु राम जोशी साथै सञ्चालकद्वाय चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा नियम बिपरीत निर्णय गराई रकम प्रबाह गरी  वित्तिय संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्याएको भन्दै निजलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ गरीएका ४ जनालाई ‍ उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीईओले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया