हिमालयनको आईपीओलाई इक्राको कति रेटिङ ?


आर्थिकन्यूज

काठमाडौं, असार १५ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गर्न लागेको आईपीओलाई इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड–४ रेटिङ प्रदान गरेको छ । कम्पनीले जारी गर्न लागेको २४ करोड ७५ लाख रुपैयाँको प्राथमिक निष्कासनलाई इक्राले औसत भन्दा तल आधारहरु जनाउने आईपीओ ग्रेड–४ रेटिङ प्रदान गरेको हो ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ माप्रयोग गरिने ± (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरीएका आईपीओ ग्रेडले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन । साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया