खुल्ला रुपमा हुने शौचलाई निर्मुल गर्न केस च्यालेन्जको घोषणा


आर्थिकन्यूज

काठमाडौं, असार १४ । खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कुपोषण र अरु पानी जन्य रोगहरु को माहामारी फैलाउन सक्छ। सरकारको खुल्ला दिसा मुक्त अभियानको पहलहरुलाई कार्वानयन गर्नको लागी र अझ अघि बढाउनकालागी फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरम ९ल्थ्भ्ँ० ले २८ जुनमा “केस च्यालेन्जको” घोषणा गरेको छ। यो पहिले खुल्ला रुपमा हुने शौचलाई निर्मुल गर्ने र प्रमुख स्वच्छता सुधारको कामलाई नेपाल भरी अधि बढाउनु रहेको छ ।

२०१५ को भुकम्प पछिस खुल्ला शौचको समस्याको खतरा सङ्ग लड्नको लागी एउटा ठोस प्रयासको आवश्यकता रहेको छ २०१७ सम्म “सबैकालागी स्वच्छताको”लक्ष प्राप्ति गर्नुपनी अझ बढि चुनौतिपुर्ण भएको छ । यो “केस च्यालेन्ज” को लक्ष भनेको युवाहरुलाई देशभित्रको यो चुनौति हल गर्नको लागि डिजिटल समाधानहरुमा विचार विमर्श गर्नको लागी डिजिटलिकरणको माध्यमबाट देशको प्रगतिमा गति बढाउनकालागी समुदायमा हुने खुल्ला शौचलाई निर्मुल पारिने बताइएको छ ।

एक धातकिय तरिकाले खुल्ला रुपमाहुने शौचको चुनौतिलाई हटाउनकालागि आवश्यकताहरुको बारेमा कुरा गर्दै, फ्रस्ट एन्ड सुलिवानको वरिष्ठ साझेदार र प्रबन्ध निर्देशक एपीएसी मनोज मेनन ले भने, हामी एक डिजिटल युगमा बस्छौं र गुगल, अमेजन, फेसबुक र उबरजस्ता कम्पनीहरू सबैले डिजिटल समाधानहरूको शक्तिलाई उनीहरूको अभिनव  व्यापारिक मोडेलसँग संयोजन गर्न सफल भए जसले मानवताको सामना गर्ने केहि ठूला चुनौतीहरू समाधान गर्न मद्दत गर्दछ।विकासशील राष्ट्रहरूले सामना गर्ने सबैभन्दा महत्त्वपूर्ण चुनौतिहरूलाई सम्बोधन गर्न त्यही विचार लागू गर्ने एक महान अवसर हो ।

उनले धातक तरिकाले खुल्ला शौचको चुनैतिलाई हल गर्नको लागी तरिकाहरुको वारेमा सोच्नु पर्ने बताउदै त्यो समाधानहरुको धेरै प्रभाब पार्नको लागी डिजिटल प्रविधिहरुको शक्तिको लाभ उठाउनु आवस्यक हुने भएकाले जसमा हामी लगानि गर्न तयार रहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया