नेपाललाई सस्तो वस्तुको डम्पिङ साइट बन्न नदिने अर्थमन्त्रीको दाबी


आर्थिकन्यूज

विराटनगर, कार्तिक १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी वस्तुमा मुलुक आत्मनिर्भर नभए पनि मुलुकलाई भने विश्वको सस्तो वस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन् ।

मोरङ व्यापार संघको ६३औं साधारणसभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकार विश्वको सस्तो बस्तुको डम्पिङ साइटबाट मुलुकलाई बचाउन सचेत रहेको बताए ।

उनले अहिलेको अवस्था सरकार औद्योगिक वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीहरुलाई सुविधा दिन सरकार तयार रहेको जानकारी दिए ।

मन्त्री खतिवडाले उद्योगी व्यवसायीले औद्योगिक विकासका लागि विशेष योजना लिएर आएको खण्डमा सरकार सरकारी उद्योगहरु सञ्चालनका लागि दिन समेत तयार रहेको पनि जानकारी दिए ।

उनले सरकार कर, भन्सार र राजस्व उठाउने विषयमा मात्रै केन्द्रित नरहेको बताए ।
कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधिमा तीव्र आर्थिक बृद्धिदरको हिसाब नमाग्न उद्योगी–

व्यवसायीसँग आग्रह गरे । उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकाले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया