स्रोत नखुलेको २२ लाखसहित सिद्धिकि पक्राउ


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १६ । नागढुंगा चेकपोष्टबाट बाँके नेपालगंज उपमहानगरपालिका सल्यानीवाग ४ बस्ने ३६ की महमदहकी सिद्धिकिलाई श्रोत नखुलेको नगद २२ लाख ५० हजार ने. रू. सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ना.५ ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई ल्याएको ल्याएको उक्त रकम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया