वाइडबडी कतारमा ७ घण्टा ग्राउन्डेड, २४५ यात्रु बोकेर साढे १० बजे आउनुपर्ने जहाज साढे पाँचमा मात्रै आयो


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १७ । नेपाल वायुसेवा निगमको एयरबस ए ३३० वाइडबडी जहाज कतारको दोहामा ६ घण्टा ग्राउन्डेड भएको हो।

बाइडबडी जहाज दोहाबाट काठमाडौं आउँदा ७ घण्टा ढिलो गरी उडान गरेको हो। ९ एनएएलवाई कलसाइनको अन्नपूर्ण नामक २७४ सिट क्षमताको उक्त वाइडबडीको ब्रेकमा समस्या आएको थियो।

जहाज कतारको दोहा विमानस्थलबाटै ७ घण्टा ढिलो गरी उडेर काठमाडौं आइपुगेको निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले जानकारी दिए।

शुक्रबार बिहान साढे १०ः३० बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने भए पनि ल्याडिङ ब्रेक मर्मत गरेर जहाज २४५ जना यात्रु बोकेर बेलुका ५ः३० बजे मात्रै काठमाडौं अवतरण गरेको कंसाकारले जानकारी दिए।

उडान ढिलो हुँदा काठमाडौंबाट थाइल्याण्ड जाने यात्रु पनि विमानस्थलमै रोकिएका थिए। पछि ती यात्रुलाई निगमकै अर्को बाइडबडी जहाज मकालुले बिहान दिल्ली उडान गरेर फर्किएपछि सोहीबाट बैंकक उडान गरेको निगमले जानकारी दिएको छ।

एउटा जहाजको उडान ढिलो भएपछि त्यसको प्रभाव अर्को उडान तालिकामा परेको हो। अन्य उडान भने नियमित भएको कंसाकारले जानकारी दिए। अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया