धेरै कर तिर्ने १५ करदाता सार्वजनिक, सिद्धार्थ शमशेर र सूर्य नेपाल अब्बल करदाता


आर्थिकन्यूज

काठमाडौं, मंसिर १ । आन्तरिका राजस्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । संस्थागततर्फ सूर्य नेपालले सबैभन्दा बढी र व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शमशेर जबरालाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन् ।

विभागले विगत ६ वर्षदेखि यसरी नै मंसिर १ लाई कर दिवसका रुपमा मनाएर बढी कर तिर्नेलाई सम्मान गर्ने गरेको छ । सातौं कर दिवसमा व्यक्तिगततर्फ गएको आवमा २०७४÷७५ मा सबैभन्दा बढी कर जबराले तिरेका छन् ।

विभागले क्षेत्रगत रुपमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो । सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ भने निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल सूचिकृत भएको छ । उत्पादनमूलक उद्योगतर्फ सबैभन्दा बढी आयकर तिर्नेमा हिमाल पावर कम्पनीले परेको छ । कृषि एवम् पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी आयसकर प्रोवायटिक इण्डष्ट्रिज परेको छ ।

विभागले सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ । लदुवित्तमा छिमेक लघुवित्त संस्थाले सबैभन्दा बढी कर तिरको छ भने बैंकमा नविल बैंक कर तिर्नेको अग्र पङ्तीमा परेको छ । बीमा व्यवसायतर्फ सबैभन्दा बढी कर नेपाल पुनबीमा कम्पनीले बढी आयकर तिरेकोे छ ।

सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । स्वास्थ्य तथा शिक्षा सेवामध्ये सबैभन्दा बढी आयकर नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालीले तिरेको छ । र्यटनतर्फ तारागाउँ रेजेन्सी होटल्स, व्यापार व्यवसायमा सिप्रदी ट्रेडिङले बढी आयकर तिरेका छन् ।

वार्षिक ४० करोडभन्दा बढी कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकले सम्मान पाएको छ । वार्षिक ४० करोडदेखि ८० करोडसम्म कारोबार गरेर सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडलाई सम्मान गरिएको छ ।
मूल्य अभिवृद्धि कर(भ्याट) २०६५ भदौ १ देखि २०७५ असारमसान्तसम्म समयमै कर विवरण र कर बुझाउने र सबैभन्दा बढी भ्याट तिर्नेमा घोराही सिमेन्ट सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया