मध्यभोटेकोशीको आइपीओमा ३ गुणाबढी आवेदन


आर्थिकन्यूज

काठमाडौं, मंसिर १५ । मध्य भोटेकोशीको कर्मचारी सञ्चय कोषका लागि ल्याएको साधारण शेयरमा मागभन्दा तीन गुणा आवेदन परेको छ । शुक्रबार आवेदनको अन्तिम ३.११ गुणा बढी आवेदनबाट सञ्चयकोषका सञ्चयकर्ताकले एक करोड १७ लाख कित्ता शेयर खरिद गरेका छन् ।

उक्त आवेदनबाट तीन करोड ६३ लाख कित्ता बढीको आवेदन परेको कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । देशैभरीको आवेदनको तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझ बढ्न सक्ने विक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएको छ । मध्य भोटेकोशीले आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया