सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकालाई सहयोग


आर्थिकन्यूज

काठमाडौं, मंसिर २७ । सेञ्चुरी कमर्सियल बैंकले ‘हेल्पलेस चिल्डे«न होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।

यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन् जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई बिहीबार सहयोग गरेको हो ।

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काज्यूले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गूलाई उक्त बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया