एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, मंसिर २७ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजनलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया