१५ औं योजना अन्तिम चरणमा, आर्थिक पत्रकारिता विभाग बनाउन पहल गर्ने


आर्थिकन्यूज

काठमाडौं, मंसिर २७ । राष्ट्रिय योजना आयोगले १५ औं योजना निमार्णको तयारी चरणमा पुर्याएको छ । विहिबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को नवनिर्वाचित टोलिसँगको भेटमा अबको डेढ महिनाभित्र १५ औं योजनाको ड्राफ्ट सक्ने गरि काम गरेको योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडलले बताएका हुन ।

उनले भने, अबको एकरडेढ महिनाभित्र १५ औं योजनाको ड्राफ्रट तयार हुने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए । उनले १५ औं योजनाका साथै दीर्घकालिन योजना निमार्णमा पनि आयोग जुटेको बताएका छन् । उनले भने, आवधिक योजनाका साथै हामी दीर्घकालिन प्रकृतिका योजना निमार्णको तयारीमा छौं । आयोग २५ वर्षे दीर्घकालीन योजना निर्माणमा समेत जुटेको छ ।

मुलुकमा राजनीतिक संक्रमणका अन्त्य भएको भन्दै अब आर्थिक समृद्धिका लागि आयोगले पनि दीर्घकालीन र मध्यकालीन योजना तय गर्ने उनले बताए । प्रदेशमा पनि योजना आयोग देश संघीयतामा गएसँगै प्रदेश स्तरमा पनि योजना आयोग गठन भएका छन् । सात प्रदेशमध्ये छ वटा प्रदेशमा नीति तथा योजना आगोगको गठन भएको उपाध्यक्ष डा. कंडेलले बताए ।

देशभरी सञ्चालनमा रहेका मेगा प्रोजेक्टहरुलाई व्यबस्थापन गर्न प्रोजेन्ट बैंक बनाउँदै गरेको उनले जानकारी दिए । प्रोजेक्ट निमार्ण गर्ने भएको छ । देशको दीर्घकालीन विकासको खाका तयार पार्न प्रोजेक्ट (परियोजना) बैंक बनाउने लागिको उपाध्यक्ष डा.कंडेलले बताए ।

आर्थिक पत्रकार संघसँग सहकार्य गर्ने प्रतिबद्धता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघको नव निर्वाचित कार्यसमितिको भेटमा उपाध्यक्ष कँडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै पत्रकारको क्षमता अभिवृद्धिमा आफ्नो सदैव सहयोग रहने बताए ।

नेपाल आर्थिक पत्रकार संघको तर्फबाट राखिएको आर्थिक पत्रकार संघ (नाफिज)ले नेपालको आर्थिक पत्रकारीतालाई अझ व्यबस्थित बनाउन त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विभागमा थपगरि आर्थिक पत्रकारिता विभाग बनाउन गरेको मागमा उपाध्यक्ष डा. कडेलले अबको १५ औं योजनामा समावेश गर्ने प्रतिवद्धता समेत व्याख्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया