नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, मंसिर २७ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिने जनाएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बुधबार संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया