नयाँ नेपाल लघुवित्तको ४७ हजार कित्ता शेयर लिलामीमा


आर्थिकन्यूज

काठमाडौं, पुस ११ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको ४७ हजार ७६३ कित्ता हकप्रद शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ । यो संस्थाले यही पुस १८ गतेबाट २५ गतेभित्र आवेदन दिनुपर्ने गरी सूचना निकालेको छ ।

यसले कम्चिमा एक सय रुपैयाँ तोकेको यो शेयर खदिका लागि कम्तिमा एक हजार कित्तको लागि आवेदन दिनुपर्ने जनाएको छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

यसको शेयर खरिद गर्न एनएमबी क्यापिटल लिमिटेड काठमाडौं, एनएमबी बैंकका शाखा कार्यालयहरु विराटनगर, विरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया