घलेम्दी हाइड्रोको १५ लाख कित्ता आइपीओ निष्कासन पुस १९ देखि, १० हजार कित्तासम्म आवेदन दिन पाइने


आर्थिकन्यूज

काठमाडौं, पुस ११ । पाँच मेगावाट क्षमताको म्याग्दी जिल्लामा निर्माणाधिन विद्युत आयोजना घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गरेको छ ।

यो कम्पनीले यही पुस १९ गतेदेखि छिटोमा २३ र ढिलोमा माग १८ गतेसम्मका लागि आवेदन दिन सक्ने गरी आइपीओ निष्कासन गरेको हो ।

कम्तिमा ५० देखि १० हजार कित्ता सम्म आवेदन दिन सकिने यो जलविद्युत आयोजनाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेड हो । यो जलविद्युत् आयोजनाको हालसम्म ४ रुैया ७७ पैसा ऋणात्मकमा रहेको छ ।

यसले अगामी तीन वर्षमै ६ रुपैयाँ ७४ पैसा प्रतिशेयर आम्दानी हुने बताएको छ । यसको सञ्चित नोक्सान अहिले २ करोड ६२ लाख रुपैयाा रहेको छ ।

यसले तीन वर्षभित्रमै २ करोड ३५ लाख नाफा गर्ने प्रक्षेपण गरेको छ । यो कम्पनीले इक्रा नेपालबाट इक्राएनपि आइपिओ ग्रेड ५ प्रमाणपत्र कम्पनी हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया