राष्ट्र बैंकले १ अर्ब ४८ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने


आर्थिकन्यूज
राष्ट्र बैंक

काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकका अनुसार १ वर्ष मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी उक्त रकम लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको शर्त पूरा गरी आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकले तोकेको शर्तमा संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष पूरा भएको र निष्कृय कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यस्तै, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २०५ वा सो भन्दा बढी हुनुपर्ने, कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया