वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न दिन नेप्सेलाई निर्देशन


आर्थिकन्यूज
नेप्से-सेबोन

काठमाडौं, पुस १९ । तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्रीगर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई निर्देशन दिएको छ ।

मुद्रा तथा पूँजी बजार सम्बन्धी सुझाव समितिको प्रतिवेदनका आधारमा गत सोमबार र मंगलबार वसेको वैठकको निर्णयानुसार उक्त सुझावहरु कार्यान्वयका लागि निर्देशन दिइएको हो ।

मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनको लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट वोर्डमा पुगेको थियो ।

उक्त प्रतिवेदनमा उल्लेख भएका पूँजी बजारसँग सम्वन्धीत सुझावहरु मध्ये केही नयाँ नियामावली तर्जुमा गरेर, केही विद्यमान नियमावली र निर्देशिकामा संशोधन गरेर तथा केही सुझावहरु नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट कार्यान्वयन गर्नुपर्ने प्रकृतीका रहेको उक्त सुझावहरु कार्यान्वयका लागि देहाय अनुसार गर्न गराउन निर्देशन दिइएको जनाएको छ ।

यसैगरि, यस अधि संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा (काठमाडौं उपत्यका बाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्न आवश्यक कार्य अगाडि वढाउन निर्देशन दिएकोमा सोलाई समेत दृष्टीगत गरी सो सम्बन्धी आवश्यक कार्य अगाडि वढाउन समेत निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया