सिटि एक्सप्रेस फाइनान्सको ७ लाख ३६ हजार कित्ता शेयर लिलामीमा, पुस २९ देखि आवेदन दिन सकिने


आर्थिकन्यूज

काठमाडौं, पुस २२ ।  सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले ७ लाख ३६ हजार ८७ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ । यो कम्पनीले गत भदौ १ देखि असोज ४ सम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरको लिलामीबाट बिक्री गर्न लागेको हो ।

यो कम्पनीले संस्थापक समूहतर्फको २ लाख ५७ हजार ६३१ र सर्वसाधारण समूहतर्फको ४ लाख ७८ हजार ४५६ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । फाइनान्सका अनुसार यही पुस २९ गतेदेखि गोप्य शिलबन्दी माग गरिएको छ ।

उक्त शेयर खरिद गर्न चाहनेले माग ६ गतेभित्र न्युनतम एक सय रुपैयाँ कबोल गरेर संस्थापकको लागि न्युनतम एक हजार र सर्वसाधारणसमूहको लागि १ सय कित्ताको निम्ति आवेदन दिनु पर्ने छ ।

यसको शेयर आवेदन दिन काठमाडौं क्यापिटल लिमिटेड कमलादी, बैंक अफ काठमाडौंको विराटनगर, जनकपुर, विरगन्ज, हेटौंडा, नारायणगढ, बुटवल, नेपालगन्ज, पोखरा, सुर्खेत, धनगढी र सिटिको केन्द्रीय कार्यालय काठमाडौबाट मात्रै आवेदन दिन पाइने छ ।

यसको विक्री प्रवन्धक काठमाडौं क्यापिटल लिमिटेड हो । यो फाइनान्सको नेप्सेमा पछिल्लोपटक प्रति शेयर १११ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया