वाइड बडी प्रकरणमा पर्यटनमन्त्री अधिकारीको बयान यस्तो छ (भिडियोसहित)


आर्थिकन्यूज

काठमाडौं, पुस २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानुनीरूपमा आफ्नो कुनै पनि भूमिका भएको दाबी गरेका छन् ।

आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको ९ अर्ब रुपैयाँ जोखिममा पर्न सक्ने उल्लेख गर्दै मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै सर्वोच्च अदालतबाट सो खरीद प्रक्रिया रोक्न नपर्ने फैसला दिएको, महालेखा परीक्षकले प्रक्रियामा प्रश्न उठाए पनि रोक्न नभनेको र त्यसबीचमा लेखा समितिले कुनै निर्देशन नदिएको मन्त्री अधिकारीको भनाइ छ ।

यस प्रकरणमा संसदीय समिति, नियामक निकायलगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानविनमा आफ्नो पूर्ण सहयोग हुने र सत्यतथ्य बाहिर आई भ्रमको निवारण हुने अधिकारीले बताएका छन् ।

भिडियाेः

फेसबुकबाट तपाईको प्रतिक्रिया