प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवामा


आर्थिकन्यूज

काठमाडौं, पुस २३ । प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाँउपालिकामा नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहका बिच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया