सिटिजन्स बैंकको प्रदेश ७ को प्रादेशिक कार्यालय धनगढीमा


आर्थिकन्यूज

काठमाडौं, पुस २४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबार प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ ।

उक्त कार्यालयको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले दावी गरेकाे छ ।

प्रदेश नं ७ मा रहेका ९ जिल्ला मध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २०,००० ग्राहकवर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।

यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु ः प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगंजमा, र प्रदेश नं ६ को सुर्खेतमा स्थापना गरिसकेको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया