लक्की शेर्पाले दिइन् राजीनामा


आर्थिकन्यूज

काठमाडौं, पुस २४ मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनाम दिएकी छिन् ।

उनीमाथि लागेको आरोपका बारेमा छानविन गर्न परराष्ट्र मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको भए पनि त्यसमा के छ भन्ने विषयमा केही खुलाइएको छैन । तत्कालीन नेकपा एमाओवादीको सिफारिसमा शेर्पा राजदूत बनेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया