सेन्चुरी बैंकको १८ लाख ७० हजार शेयर लिलामी भर्ने आज अन्तिम दिन


आर्थिकन्यूज
सेञ्चुरी

काठमाडौं, पुस २५ । सेन्चुरी बैंक लिमिटेडको १४ लाख ६१ हजार ९९ कित्ता र सर्बसाधारण समुह तर्फको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामीमा ल्याएको हो । बैंकको १८ लाख ७० हजार २७४ कित्ता शेयर लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन रहेको छ ।

इच्छुक लगानीकर्ताले बोलकबोल मार्फत लिलामी शेयरमा संस्थापक र साधारण न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया