कुमारी बैंकले ८ प्रतिशत बोनस दिने


आर्थिकन्यूज
कुमारी-बैंक

काठमाडौं, पुस २६ । कुमारी बैंक लिमिटेड (Kumari Bank Limited.) ले ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनीले पुस २५ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि चुक्ता पुँजीको ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय भएको छ ।

साथै बैंकले विभिन्न चारवटा संस्थाहरु काष्ठमण्डप डेभलपमेन्ट बैेंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैं र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार गरेकोले मितिबाट २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीहरुलाई वितरण गरेको लाभांशमा कर नलाग्ने विद्यमान आयकर मा भएको अवस्था बमोजिम उल्लिखित बोनस शेयरमा कर प्रयोजनको लागि नगद लाभांशको छुटै व्यवस्था नगरिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया