एन आई सी एशिया बैंक र वल्र्ड रेमिटबीच रेमिटेन्स सम्झौता


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । एन आई सी एशिया बैंक लिमिटेडले वल्र्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने सम्झौता गरेको छ । बैंकले यस सम्बन्धमा वल्र्ड रेमिट युकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट सोमबार स्वीकृति प्राप्त गरेका हुन् ।

उक्त सम्झौता अनुसार वल्र्ड रेमिट लिमिटेड मार्फत Qatar, Saudi Arabia, UAE, Kuwait, Japan, Canada, Australia, New Zealand, UK, USA / Europe लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।

वल्र्ड रेमिटको ग्राहकहरुले एजेन्ट मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो ःयदष्भि मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ननेछ । यो सेवाले ग्राहकमहानुभावहरुको समय तथा पैसाको बचत हुनेछ ।

वल्र्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्र्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ । वल्र्ड रेमिटले आफ्ना ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै क्यास पिक अप तथा बैंक ट्रान्सफर द्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

एन आई सी एशिया बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगिसकेको बैंकको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया