चोभार सुख्खा बन्दरगाहको काम अलपत्र


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । विश्व बैंकको सहयोगमा सरकारले निर्माण गर्न लागेको चोभारस्थित सुख्खा बन्दरगाहको काम अलपत्रे छ । स्थानीयबासीको विरोधका कारण बन्दरगाह निर्माणको काम अगाडि नबढ्दा अलपत्रमा परेको हो ।

राष्ट्रिय महत्वका योजना सञ्चालनमा ल्याउँदा प्रभावित क्षेत्रका जनताको सहयोग र समर्थन बिना योजना गर्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेका हुन् ।

विरोधकै कारण गत अगष्ट ८ तारिखमा प्रधानमन्त्रीद्वारा बन्दरगाहको शिलान्यास कार्यक्रम राखिएको थियो । तर, प्रधानमन्त्रीबिना नै शिलान्यास भयो ।
विगतमा हिमाल सिमेन्टको उद्योग रहेको स्थानमा बन्दरगाह निर्माण गर्न लागिएको छ ।

३५ वर्षसम्म हिमाल सिमेन्ट कारखानाको प्रदूषणबाट मुक्त भई भर्खरै स्वच्छ हावामा श्वास फेर्न पाएका फेरि सुख्खा बन्दरगाहका कारण समस्यामा पर्ने भन्दै विरोधमा उत्रिएका हुनु ।

चोभार क्षेत्रका पहिचानका रुपमा रहेका सम्पदाहरु र नयाँ सम्भावनालाई वेवास्ता गरिएको स्थानीयको भनाइ छ ।

विगतमा हिमाल सिमेन्ट कारखाना र वातावरण संघर्ष समितिबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन नभएको तथा जग्गा प्राप्ति ऐन २०३४ अन्तर्गत स्थानीय पीडित बासिन्दाले जग्गा फिर्ता सम्बन्धी माग गरेको निवेदनमासमेत निर्णय हुन सकेको स्थानीयले बताएका छन् ।

कारखानाको कारण पीडित भएका स्थानीय बासिन्दा र संकटमा परेका सम्पदालाई प्रवद्र्धन गरी संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ छ । सरकार र स्थानीय बासिन्दाबीच छलफल समस्या समाधान गर्नेतर्फ सरोकारवालाले ध्यान नदिँदा तीन महिनादेखि बन्दरगाहको काम रोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया