आइतबार एकै साथ ९ कम्पनीको साधारण सभा


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । आइतबार ९ वटा कम्पनीका वार्षिक साधारण सभा रहेका छन् । ती सिभिल लघुवित्त, फरवार्ड कम्युनिटी, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स, माहुली सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, नेपाल इन्भेष्टमेन्ट बैंक, सन्राइज बैंक र आरएसडिसी लघुवित्त रहेका छन् ।

सिभिल लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा आज बिहान ११ बजे होटक अर्किड, त्रिपुरेश्वरमा रहेको छ । जसको आज ४ प्रतिशत बोनस शेयर, ३ दशमलव ८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
जसको लागि कम्पनीले बुक क्लोज पुस २० गतेदखि २९ गतेसम्म बन्द गरेको छ । उक्त लभांश पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको छैटौं वार्षिक साधारण सभा आज ११ बजे संस्थाको् केन्द्रिय कार्यलय, दुहवीमा हुने भएको छ । जसले आज २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सभाकालागि बुक क्लोज पुस १५ गते एक दिन लाई मात्र बन्द गरेको थियो । उक्त लाभांश पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

जनता बैंकको नवौं वार्षिक साधाराण सभा आज ११ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतलीमा हुने भएको छ । सभामा ८ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने छ । जसका लागि पुस १६ गते एकदिन लाई मात्र बुक क्लोज गरिएको थियो । उक्त लाभांश पुस १५ गते सम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

एनएमबी माइक्रोफाइनान्सको छैटौं वार्षिक साधारण सभा आज ११ बजे हवाइट हाउस पार्टी प्यालेस पोखरामा हुने भएको छ । जसले सभामा १५ प्रतिशत बोनस र शुन्य दशमलव ७८९ प्रतिशत नगद लाभांश र १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । उक्त लाभांश पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ । जसको बुक क्लोज पुस १५ गतेदेखि २९ गतेसम्म्म बन्द गरिएको छ ।

माहुली सामुदायिक लघुवित्तको छैटौं वार्षिक साधारण सभा आज ११ बजे संस्थाको् केन्द्रिय कार्यलय, सप्तरीमा हुने भएको छ । जसले आज २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सभाकालागि बुक क्लोज पुस १६ गते एक दिन लाई मात्र बन्द गरेको थियो । उक्त लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

हिमालयन पावर पार्टनर लिमिटेडको छैटौं वार्षिक साधारण सभाका आज ११ बजे अम्रपाली व्याक्वेट क्याटङि एण्ड इभेष्ट, भाटभटेनी काठमाडौंमा हुने भएको हो । जसका लागि बुक क्लोज पुस १२ र १३ गते बन्द रहनेछ ।
सभामा कम्पनीले लाभांश तथा हकप्रद शेयर केहि पनि नदिने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा पुस आज बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा गर्ने भएको छ । सभामा संचालक समितिबाट २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने । कम्पनीको चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।
सन्राइज बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज बिहान १० बजे अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा गर्ने भएको छ । सभामा ११ दशमलव ५० प्रतिशतका दरले ९३ करोड ७५ लाख ४३ हजार ९२२ दशमलव ८७ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव रहेको छ । उक्त सभाका लागि बुक क्लोज पुस १२ गते एक दिन लाई बन्द गर्ने भएको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे ५ औं वार्षिक साधारण सभा आज बिहान साढे १० बजे अमृतभोग पार्टी प्यालेस, कालिका स्थान काठमाडौंमा हुने निर्णय भएको हो । जसका लागि बुक क्लोज पुस १५ गतेदेखि पुस २९ गतेसम्म बन्द रहनेछ । कम्पनीले सभामा १० प्रतिशतका दरले हुने रकम ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ बोनस शेयर र शुन्य दशमलव ५३ प्रतिशतले हुने रकम ३० लाख ३१ हजार १ सय ५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ पुग्नेछ । सो लाभांशका लागि पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया