आरविवि मर्चेन्टको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तेस्रो वार्षिक साधारण सभा (आ.व. २०७४/०७५को) सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष किरणकुमार श्रेष्ठको अध्यक्ष्यतामा शुक्रबार सम्भन्न भएको उक्त साधारण सभामा २०७४/०७५को वार्षिक प्रतिवेदनसहति विविध प्रस्तावहरु पारित गरेको छ ।

उक्त मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ्ग व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य र्बैंक लि.का देश भरी छरिएर रहेका शाखाहरुबाट सहज रुपमा हितग्राही खाता खोल्ने सुविधा प्रदान गरिरहेको बताए ।

साथै निकट भविष्यमा नेपाल पुनर्वीमा कम्पनी लि.को १ करोड ६० लाख कित्ताको हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथामिक शेयर निष्काशन कार्य गर्ने जनाए । आगामी दिनहरुमा यस कम्पनीले मर्चेन्ट बैंकिङ्ग सेवाको विकास र विस्तारमा अग्रण्ी भूमिका खेलेर विशेष गरि दुरदराजमा रहेका आम लगानीकर्ताहरुलाई सेवा दिने लक्ष्य रहेको जानकारी दिए ।

आरविवि मचेन्ट बैंकिङ्ग लिमिटेडका सञ्चालकहरु कबिराज अधिकारी, सुशिल श्रेष्ठ, केशब प्रसाद लम्साल, सरस्वती अधिकारी तथा संस्थापक शेयसरधनीका प्रतिनिधि नायव महाप्रवन्धक टेकराज जोशी, राष्ट्रिय वाणिज्य बैंक लि.का नायव महाप्रवन्धक महेन्द्र प्रसाद अवस्थि, लेखा परीक्षक एकराज सिग्देल लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया