पाँचथर पावरको ९ लाख ६२ हजार कित्ता आईपीओ आजबाट खुल्ला, १० देखि ९६२० कित्तासम्म आवेदन दिन पाइने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । पाँचथर पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ९ लाख ६२ हजार ५ सय कित्ता शेयरको आईपीओ निष्कासन आजबाट खुल्ला छ ।

आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको तत्कालिन भारपा, याङनाम र नागीन गाविसका तथा हालको फिदिम नगरपालिका, हिलिहाङ र फालेजुङ गाउपालिकाकाका बासिन्दाहरुको लागि शेयर निष्कासन गरेको छ ।

यसको शेयरका लागि न्युनतम १० कित्ता देखि अधिकमत ९ हजार ६२० कित्तासम्म आवेदन दिन पाइने छ । प्रति शेयर एक सय रुपैयाँ अंकित यसको शेयर आवदेन यही पुस ३० गतेदेखि छिटोमा माघ १४ भित्र र ढिलोमा माघ २९ गतेभित्र आवेदन दिनुपर्ने छ । यो कम्पनी आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट केयर एनपि आइपिओ ग्रेड ४ प्रमाणपत्र प्राप्त संस्था हो । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड हो ।

पाँचथरको हेवम खोलमबाट १४ हजार ९ सय किलोवाट विजुली उत्पादनको काम गरिहरहेको यो जलविद्युत आयोजनाले सर्वसाधारणको लागि १९ करोड २५ लाख कित्ता शेयर छुट्याएको मध्ये आयोजना प्रभावित क्षेत्रका लागि ९ करोड ६२ लाख ५० हजार रुपैयाँको शेयर निष्कासन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया