जनसेवी लघुवित्तको ४ करोड ६३ लाखको आईपिओ ल्याउने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । जनसेवी लघुवित्त वित्तीय संस्था ( Janasewi Laghubitta Bittiya Sanstha Ltd.) ले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ बिक्री गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीको शेयर बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया