हुुण्डाइको ‘फेमिली ह्याचब्याक’ गाडी नयाँ रुपमा फेरि बजारमा


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । हुण्डाइको आधिकारी विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपाली बजारमा उत्कृष्ट मानिएको दि अल न्यू स्यान्ट्रो गाडी पुनः बजारमा ल्याएको छ । विहिबार राजधानीमा आयोजित गरिएको कार्यक्रममा उक्त गाडी सार्वजनिक गरिएको हो । हुण्डाइ मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टल १० वर्षको साझादारी भएको अवसरमा उक्त नयाँ स्यान्ट्रो सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

नयाँ स्यान्ट्रोमा पुरानो स्यान्ट्रोभन्दा बढी क्याविन स्पेस र प्रिमियम विशेषता रहेको कम्पनीले दावी गरेको छ । नयाँ स्यान्ट्रोमा १७ं६४ सेमी स्मार्ट फोन कनेक्टिभिटी र भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो सुविधा रहेको छ ।

त्यस्तैगरि, रियर पार्किङ क्यामेरा, स्टेरिङ माउण्ट कन्ट्रोल अडियो, ब्लूटुथ र रियर भ्यान्स समेत रहेको छ । नयाँ स्यान्ट्रोले १ं१ लिटर, ४ सिलेण्डर पेट्रोल इन्जिन जसले ६९ पिएस पावर र १०.१ केजी एम टर्क प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया