मानुषी लघुवित्तको नाफा ३९ लाख


आर्थिकन्यूज

काठमाडौं, फागुन ३ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३९ लाख रुपैयाँ कमाएको छ ।
जसको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने जगेडाकोष ३ करोड १२ लाख रुपैयाँ रहेको छ । लघुवित्तले निक्षेप ४२ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८३ करोड ८३ लाख रुपैयाँ लगानी गरको छ ।

लघुवित्तको खुद व्याज आम्दानी १ करोड ४४ लाख रुपैयाँ रहेको छ भने संचालन मुनाफा ६१ लाख रुपैयाँ आर्जन गरेको छ । जसले प्रोभिजनमा १२ लाख रुपैयाँ राखेको छ ।

मानुषी लघुवित्तको जोखिम युक्त सम्पत्ति १० दशमलव ९१ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव ६० प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया