सिन्दुर हाल्ने बेलामा बेहुली टाप


आर्थिकन्यूज

काठमाडौं, फागुन २० । धनुषाको शहीद नगरपालिका– ३ यदुकुवामा एक बेहुली सिन्दूर हाल्ने बेला बेपत्ता भएको खबर छ । धनुषाकै सबैलाबाट जन्तीसहित पुगेका बेहुलासँग आइतबार रातिसम्म विवाहका निम्ति प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायब भएको बताइएको छ ।

मैथली परम्परा अनुसार विवाह हुँदै गर्दा राति बेहुली भागेको खबर आएपछि प्रहरीले दुवै पक्षलाई लिएर खोजी गरिरहेको छ । यद्यपि, नभेटिएको समाचारमा उल्लेख छ । बेहुलीको छिमेकी गाउँका युवकसँग प्रेम रहेको हुँदा उसैसँग भागेको हुन सक्ने आंशका गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया