पशुपति क्षेत्रबाट पकेटमार्ने र गाँजा सेवन गर्ने ८ जना पक्राउ


आर्थिकन्यूज

काठमाडौं, फागुन २० । प्रहरीले पशुपतिनाथ क्षेत्रमा पकेटमार्ने र गाँजा सेवन गर्ने आठ जनालाई पक्राउ गरेको छ।

महाशिवरात्रीको अवसरमा प्रहरीले पशुपति क्षेत्रमा मासु, गाँजालगायत लागु औषध सेवन र प्रयोगमापूर्ण प्रतिबन्ध लगाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तालुलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन प्रहरी सक्रिय भएको बताए।

पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४३ सय बढीको संख्यामा परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया