कुखुरामा रानीखेत रोग


आर्थिकन्यूज
कृषिमा तीन वर्षमा तीन खर्ब ३० अर्ब क्षति
फाइलः तस्वीर

बेझाड, चैत १३ । पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गाका कुखुरामा रानीखेत रोग फैलिएको छ । गाउँमा पालिएका कुखुरा रानीखेत रोगले मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थालेको कृषक विजय सारुले बताउनुभयो । “गाउँका कृषकको आयस्रोत नै कुखुरा बाख्रापालन व्यवसाय हो, एक्कासी यसरी रोग लागेर उपचार गर्न नपाउँदै कुखुरा मर्न थाल्यो” उहाँले भन्नुभयो ।

यहाँका कृषकले कुखुरा पालेर छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । कुखुरा झोक्राउन थालेपछि काटेर खाने र केही कुखुरा जथाभावी खुल्ला ठाउँमा फालेका कारण गाउँभरी नै रानीखेत रोगको संक्रमण फैलिएको पशु स्वास्थ्य प्राविधिक मनवीर नेपालीले बताउनुभयो ।

अहिले बाकी रहेका कुखुरामा रानीखेत विरुद्धको एन्टिवायोटिक नामक भ्याक्सिन दिइरहेको उहाँले बताउनुभयो । सिसिङ्गा गाउँभरी नै पालिएका कुखुरामा रानीखेत रोगको संक्रमण फैलिएपछि पशु शाखा निस्दीले वडाभरी नै एन्टिबायोटिक भ्याक्सिङ दिने तयारी गरिरहेको शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताउनुहुन्छ ।

कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया