काठमाडौंको ट्राफिक जाम हल गर्ने तीनमहीने योजना


आर्थिकन्यूज

काठमाडौ, चैत १३ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताए । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे आज छलफलका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने जानकारी दिए

“तीनमहीने कार्ययोजनालाई सामान्य पूर्वाधारका रुपमा खडा गरी काम गर्नु आवश्यक छ”, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सवल र सुरक्षित बनाउनका लागि उक्त योजना अगाडि ल्याइएको बताए ।

तीनमहीने कार्य योजनाअन्तर्गत चक्रपथभित्रका करिडोर सञ्चालन, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ बनाउने, ट्राफिक सचेतनासम्बन्धी कक्षा सञ्चालनलगायत कार्यक्रम छ । छलफलमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ भक्तपुर र ललितपुरका महानगरपालिका प्रमुख एवं प्रतिनिधि, सडक विभागका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि, गुणस्तर तथा नापतौल विभागका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया