असिमित शेयर सदस्य राख्न पाउने भएपछि यातायात व्यवसायी कम्पनीमा जान तयार


आर्थिकन्यूज

काठमाडौ, चैत १३ । सरकारले यातायात व्यवसायीलाई असिमित सदस्य राख्न पाउने व्यबस्था गरिदिएपछि यातायात व्यवसायी कम्पनी ऐन अन्तरगर आफ्ना बस सञ्चालन गर्न तयार भएका छन् । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो ।

महासङ्घको कार्यसम्पादन सचिवालयमा बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो । महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिए । उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया