एक दिने च्याउ खेती तालिम सम्पन्न


आर्थिकन्यूज

तनहुँ, चैत २७ । गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय कुस्मा पर्वतले चैत्र २६ गते संस्थामा आबद्ध सदस्यहरु मध्ये २३ जना सदस्यहरुलाई निःशुल्क १ दिने च्याउ खेती तालिम प्रदान गरेको छ ।

सो तालिम कृषीज्ञान केन्द्र, पर्वत वागवानी विकासका अधिकृत सोनी रानाले सहजिकरण गरेका थिए । संस्थामा आबद्ध सदस्य कृष्ण कुमारी उपाध्याय ले तालिमको उद्घाटन गर्दै संस्थाले प्रदान गर्ने यस्ता विविध किसीमका तालिमले ग्राहक सदस्यहरुलाई सिप सिकी आत्मनिर्भर भई कार्य गर्न मद्दत पुग्ने गरेको जानकारी गराए।

तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ फागुन मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३,९४६ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ । साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म १९ करोड ५८ लाख रुपैयाँ बचत संकलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया